काठमाडौं- नाटक अनुत्तर मञ्चन हुने भएकाे छ । राम के.ए.सी.काे लेखन तथा निर्देशनमा रहेको नाटक अनुत्तर सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा मञ्चन हुन लागेको हो ।
सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म मञ्चनमा ल्याउन लागेकाे हाे ।
पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कशः लाग्न थालेको महसूस सर्वसाधारणले गर्न थालेकाे र नाटककारले पिन हरेक नागरिकले वास्तवमा भोगिरहेको देशकाे यथार्थतालाई लेखकले नाटक मार्फत बाचन गर्न लागेका हुन् ।
पछिल्लो समय युवाहरुले देशमा सपना देख्न छाडिरहेकाे छन् । एवं रीतले देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैं हराएका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्वीर देखाउने प्रयास नाटकमा गरिएकाे कलाकार किरण चापागाईंकाे भनाइ छ ।
यो नाटक राम के.ए.सी.ले निर्देशन तथा लेखन गरेका हुन्। यस नाटकको सह-निर्देशन सुशीलालक्ष्मी महर्जनको रहनेछ।
सद्भाव थिएटरले मञ्चन गर्न लागेको नाटक हरेक साँझ ५ः३० बजे र अतिरिक्त शो १ः३० बजे हुनेछ।