Online News Portal

कालीमाटीमा आँपको भाउ फेरि चुलियो, मालदह र दसहरी किलोको १०० रुपैयाँ पुग्यो

काठमाडौं :  कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह र दसहरी जातका आँपको मूल्यमा एकैदिन १०–१० रुपैयाँले वृद्धि भएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार, सोमबार मालदह र दसहरी आँप क्रमशः ९० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको थियो। तर बिहीबार ती दुवै आँपको मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगेको छ।

यसअघि, असार दोस्रो साता मालदह आँप ७६ रुपैयाँ र दसहरी आँप ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको थियो। असार र जेठ महिनादेखि नै बजारमा आँपको मूल्य क्रमिक रूपमा बढ्दै गएको हो।

हाल कालीमाटी बजारमा मालदह, दसहरी लगायत विभिन्न जातका आँप सहजै उपलब्ध छन्। उपभोक्ताले मूल्य वृद्धिका कारण अन्य वैकल्पिक फलफूलतर्फ आकर्षण देखाइरहेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.