Online News Portal

काठमाडौंको वायु प्रदूषण अत्यन्त खराब, स्वास्थ्य मन्त्रालयद्वारा सावधानी अपनाउन अनुरोध

काठमाडौँ : काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन, र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। ​