Online News Portal

कांग्रेस नेता महरको माग: अन्नपूर्णमाथिको आक्रमणको छानबिन गरियोस्, पूर्वराजालाई पनि कारबाहीको दायरामा ल्याओस्

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको आक्रमणको कडा निन्दा गर्दै घटनामा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्।

 

शनिबार तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय अवलोकन गर्दै उनले उक्त आक्रमणलाई नेपाली समाजलाई भड्काउने प्रयासको रूपमा व्याख्या गरे। साथै, उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने र सरकारले प्रदान गरेको सेवासुविधा खोस्नुपर्ने धारणा व्यक्त गरे। लोकतन्त्रमा व्यवस्था परिवर्तन असम्भव रहेको उल्लेख गर्दै उनले युवा तथा प्रवासी नेपालीहरू समेत तानाशाहीको पक्षमा नरहेको बताए।

Advertisement

Click the button below to skip this ad and read the full article.