Online News Portal

कांग्रेस केबलकारको पक्षमा, वार्तामा समर्थन तर ‘नो केबलकार’ समूहको माग अस्वीकार

काठमाडौँ : सत्तारूढ नेपाली कांग्रेसले ताप्लेजुङको पाथीभरामा निर्माण हुँदै गरेको केबलकार परियोजनाको समर्थन गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकमा सरकारले वार्ताका लागि निर्माण रोक्ने निर्णयलाई समर्थन गरिएको भए पनि ‘नो केबलकार’ समूहको मागलाई अस्वीकार गर्ने धारणा व्यक्त गरिएको छ।

 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, पार्टी वार्ताका लागि तयार भए पनि परियोजनाको पूर्णरूपमा विरोध गर्ने पक्षमा छैन। बैठकमा विधेयकहरूमाथि पनि छलफल भएको थियो, जसमा निर्वाचन ऐन र दल सम्बन्धी विधेयकलाई प्रक्रियागत रूपमा अघि बढाउने विषय उठाइएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.