Online News Portal

कांग्रेस केन्द्रीय समितिमा उठ्यो संविधान संशोधनको विषय

काठमाडौँ: नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको विषय उठेको छ । बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय उठाएका छन् ।

बुँदागत रुपमा आफ्नो भनाइ राखेका उनले मौजुदा संविधान कार्यान्वयनमा आएको १० वर्ष पुग्न लागेको भन्दै यसमा समयानुकूल परिमार्जन र संशोधन हुनुपर्ने बताएका छन् । उनले संविधानमा निर्वाचन प्रणालीबारे संशोधन गर्नुपर्ने र चुनाव महँगो बनेकाले त्यसलाई पनि रोक्नुपर्ने बताएका छन् ।

बैठकमा केन्द्रीय सदस्य बरालले बंगलादेशको राजनीतिक संकटलाई लिएर नेपालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको कांग्रेसले खण्डन गर्नुपर्नेसमेत बताएका छन् ।