Online News Portal

कमल थापाको चेतावनी: हिंसा र अराजकताका दोषीलाई कारबाही हुनुपर्छ, निष्पक्ष छानबिनको माग

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौंमा भएको हिंसात्मक घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले हिंसा र अराजक गतिविधिको कुनै पनि बहानामा समर्थन गर्न नसकिने बताएका छन्।

 

थापाले प्रहरीको गोलीबाट सविन महर्जनको मृत्यु र आगजनीका कारण पत्रकार सुरेस रजकको निधनलाई जघन्य अपराधको संज्ञा दिएका छन्। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उनले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्, जस्तै अनावश्यक बल प्रयोग, पूर्वसूचना हुँदाहुँदै सुरक्षा सावधानी नअपनाइनु, र आन्दोलनलाई बदनाम गर्ने सम्भावित षड्यन्त्र।

थापाले हिंसात्मक गतिविधिको विरोध गर्दै राष्ट्रवादी आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, हिंसामा संलग्न नभएका राप्रपाका नेताहरूको रिहाइको माग गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.