Online News Portal

“एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालद्वारा पार्टी परित्यागको घोषणा”

काठमाडौँ : नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टीका सबै पद र जिम्मेवारी त्यागेको घोषणा गरेका छन्।

 

 

शनिबार हिमालय टेलिभिजनको ‘फेस टु फेस’ कार्यक्रममा पत्रकार रामचन्द्र अर्यालसँगको कुराकानीमा ढकालले जिल्ला इञ्चार्ज प्रेम तामाङसहितका नेताबाट पटक–पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको भन्दै पार्टी परित्यागको निर्णय लिएको बताएका छन्। ढकालले आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने घोषणा गरेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.