Online News Portal

एमालेले अझै तिरेन जरिबाना, राप्रपाले २४ घण्टामै बुझायो १ लाख

काठमाडौँ : काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा क्षति पुर्‍याउने तथा वातावरण प्रदूषण गर्ने कार्यक्रमहरूमा जरिबाना लगाउन थालेको छ।

 

मंसिर ७ गते नेकपा एमालेले दरबारमार्गमा मुख्य सडक अवरुद्ध गर्दै कार्यक्रम गरेको थियो, जसका कारण फोहोर भएको भन्दै महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिबाना तोकेको थियो। तर, एमालेले अहिलेसम्म जरिबाना तिरेको छैन।

त्यस्तै, राप्रपाले भने २४ घण्टा नबित्दै १ लाख रुपैयाँ जरिबाना बुझाइसकेको छ। मेयर बालेन शाहले नियम उल्लङ्घन गर्नेहरूमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेका छन्।