Online News Portal

एमसीसी पीडितहरुको आन्दोलनप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण

काठमाडौं :  बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समितिको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए । राज्यले प्रहरी परिचालन गरि बोझेनी बस्तीमा धरपकड र गैरकानूनी रूपमा पक्राउ गरेको घटनाले बृहत नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, परियोजनामा संलग्न एशियाली विकास बैंक, एमसीए–नेपाल, नेपाल विद्युत प्राधिकरणलाई स्थानीयबासीको राष्ट्रिय–अन्तर्राष्ट्रिय कानूनसम्मत माग दाबीको न्यायोचित सुनुवाई गर्न, प्रहरी दमन तुरून्तै बन्द गर्न र पक्राउ गरिएकाहरूलाई बिनाशर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ ।