Online News Portal

एनपीएल दोस्रो सिजनका सबै तयारी पूरा, क्यानको अनुमान– ४० करोडसम्म आम्दानी

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगितासम्बन्धी महत्वपूर्ण विवरण सार्वजनिक गर्दै यस सिजनबाट ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुने अपेक्षा राखिएको जानकारी दिए।

उनका अनुसार प्रयोजकहरूबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटी प्लेटफर्मबाट ५ करोड ३० लाख र टिकट बिक्रीबाट ८ देखि १२ करोड रूपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ।

यसैगरी, क्यानले गत वर्षकै पुरस्कार संरचना निरन्तरता दिने निर्णय गरेको छ। विजेता टिमले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ।


खेल तालिका

क्यानले सार्वजनिक गरेको तालिका अनुसार:

  • मंसिर १ (नोभेम्बर १७) – पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ।

  • लिग चरणको अन्तिम खेलडिसेम्बर ७ मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच।

प्लेअफ तालिका:

  • पहिलो क्वालिफायर – डिसेम्बर ९

  • इलिमिनेटर – डिसेम्बर १०

  • दोस्रो क्वालिफायर – डिसेम्बर ११

  • फाइनल खेल – मंसिर २७ (डिसेम्बर १३ शनिबार)

सबै खेल दुई समय मध्ये एकमा हुनेछ:

  • बिहान ११:१५

  • दिउँसो ४:००
    लिग चरणका चार खेल र फाइनल खेल दिउँसो ३:३० बजे सुरु हुने क्यानले जनाएको छ।


टिकट दर

एनपीएलका टिकट दुई श्रेणीमा विभाजित छन्– साधारणप्रिमियम

  • उद्घाटन दिन तथा शनिबारका खेल:

    • साधारण: ५००

    • प्रिमियम: १५००

  • आइतबारदेखि शुक्रबारसम्म:

    • साधारण: ५००

    • प्रिमियम: १०००

  • प्लेअफ तथा फाइनल:

    • साधारण: १०००

    • प्रिमियम: २०००

सबै खेल हेर्न चाहनेका लागि सिजन पास– मूल्य १५,०००।

क्यानका अनुसार ‘खल्ती बाइ आइएमई’ आधिकारिक टिकटिङ पार्टनर रहेको छ। दर्शकले खल्ती एपमार्फत सजिलै टिकट किन्न सक्नेछन्। साथै, टिकट बिक्री खुला भएको २४ घण्टामै उद्घाटन खेलका सबै टिकट बिक्री सकिएको क्यानले जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.