Online News Portal

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह

काठमाडौं : एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्‌घाटन समारोह जारी रहेको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले पहिलो पटक नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना भएको हो।

भृकुटीमण्डपबाट र्‍यालीसहित काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले उद्घाटन गरेका हुन्।

उद्घाट समारोहमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछाने, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत राजनीतिक दलका नेताहरु सहभागी रहेका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.