Online News Portal

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सुरु गर्नुअघि र्‍याली निकालेको छ ।

र्‍यालीमा पार्टीका नेता कार्यकर्तासँगै अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललगायत सहभागी थिए । आज उद्घाटन हुने महाधिवेशन २० गतेसम्म चल्ने छ । महाधिवेशन भृकृटिमण्डपमा हुनेछ ।