Online News Portal

एआईजी दीपक थापा सम्मानित, ‘द ब्लु पेभिलियन’ भवन उद्घाटन

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका प्रहरीका पूर्वप्रमुख एआईजी दीपक थापालाई प्रशंसापत्रसहित सम्मान गरेका छन्। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन समारोहमा उनलाई सम्मान गरिएको हो।

 

 

एआईजी थापाले उपत्यका प्रहरी प्रमुखका रूपमा रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लबका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। हाल उनी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) प्रमुखका रूपमा कार्यरत छन्।

त्यसै अवसरमा प्रधानमन्त्री ओलीले ‘नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तक विमोचन गरे। नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गरे।

प्रधानमन्त्री ओलीले पुस्तक लेखनमा योगदान पुर्याउने प्राडा शंकर थापा र धनश्याम भट्टराई तथा भवन निर्माणमा संलग्न एआईजी थापा र एसएसपी ईन्जिनियर राम कुमार चौधरीलाई पनि प्रशंसापत्र प्रदान गरे।

नवनिर्मित भवनले सुरक्षाकर्मीलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले कुनै दबाब वा प्रभावमा नपरी कानूनसम्मत सेवाप्रवाह गर्नुपर्नेमा जोड दिए।

उक्त भवन निर्माणको लागत ७५ करोड ८७ लाख २९ हजार ८३० रूपैयाँ ४५ पैसा रहेको छ।