इद उल–अधाको अवसरमा टर्कीमा सवारी दुर्घटनाः ६ जनाको मृत्यु, १ हजार ३२७ घाइते

काठमाडौँ; टर्कीमा मनाइने प्रमुख इस्लामिक चाड इद अल–अधाको अवसरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै १ हजार ३२७ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । ईद अल–अधा बिदाको दोस्रो दिन सोमवार देशमा कुल ८२४ ट्राफिक दुर्घटना भएका थिए । ट्राफिक नियन्त्रण गर्न प्रयास गरिरहेको र चालकहरूलाई नियमको पालना गर्न आग्रह गरेको बताइएको छ । ईद अल–अधा टर्कीको सबैभन्दा ठूलो इस्लामिक बिदाहरू मध्ये एक हो ।