इजरायल उत्तरी क्षेत्रमा तिब्र कारबाहीका लागी तयार छः नेतान्याहु

काठमाडौँ :इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल उत्तरमा तिब्र कारबाहीको लागि तयार रहेको बताउनुभएको छ । लेबनानी इलाकाबाट हिजबुल्लाहले आक्रमण गरेको उत्तरपूर्वी इजरायली शहर किरियत शमोनाको भ्रमणको क्रममा नेतान्याहूले सो टिप्पणी गर्नुभएको हो । आफ्नो भ्रमणको क्रममा नेतान्याहुलाई वरिष्ठ सैन्य कमाण्डरहरूले यस क्षेत्रको परिचालन अवस्थाको बारेमा जानकारी दिएका थिए ।