आर्थिक कठिनाइको बीचमा इद अल–अधा मनाउँदै अफगानीहरू

काठमाडौँ: अफगानिस्तानका जनताले सोमवार इद उल अधा मनाउन थालेका छन् । यद्यपि बेरोजगारी र गरिबीको उच्च दरले अफगान जनताको क्रयशक्तिमा ठूलो ह्रास ल्याएको छ । जसले गर्दा उनीहरूको किनमेल गर्ने क्षमतामा बाधा पुगेको छ । काबुलको पश्चिमी किनारमा रहेको पशु बजारमा २८ वर्षीय रहमातुल्लाहले बलिदानको लागि भेडा किन्न खोजे ।
गाईवस्तु विक्रेता खान मोहम्मदले पनि माग अनुसारको ग्राहक संख्या नपुगेको भन्दै कम माग र कम आम्दानीमा असन्तुष्टि जनाउनु भयो । मोहम्मदले इद अल–अधा अघि काबुलमा बेच्नका लागि गाउँबाट २२ गाईहरू किनेका थिए । तर उनका अनुसार गाईवस्तुको बजार छैन ।
गरिबी र आर्थिक अभावमा गुनासो गर्दै पशुपालन व्यवसायीले गत साता पाँच वटा मात्रै गाई बिक्री गरेको बताउनु भयो । गत वर्ष चाडपर्वअघि दैनिक १० देखि १२ गाईवस्तु बिक्री गरेको बताउनु भयो । सहायता एजेन्सीहरूको रिपोर्ट अनुसार अफगानहरूले खाद्य असुरक्षाको सामना गरिरहेका छन् । तुरुन्तै मानवीय सहायताको आवश्यकता छ । अफगानिस्तानका एक चौथाइ मानिस हरेक साँझ भोकै सुत्ने गरेको विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालयले जनाएको छ । ४८ वर्षीय सफ्ट ड्रिंक बिक्रेता इसा खान गरिबीबाट पीडित अर्की पीडित हुन् । दैनिक करिव २०० अफगानी आम्दानी गर्ने आठ सदस्यीय परिवारका बुबा खानले चाडपर्वका लागि आफूले केही किन्न नसक्ने र पशु बलि दिन पनि नसक्ने बताउनु भयो ।
अफगानी नागरिकहरुले ठूलो पीडा भोगिरहेको बताउनु भयो ।