Online News Portal

आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु हुँदैन: मन्त्री पौडेल

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन्।

 

 

 

विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्सअन्तर्गत नेपालले बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको छ। मङ्सिर १ गतेदेखि मन्त्रालयले बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था लागू गरेको स्मरण गर्दै, मन्त्री पौडेलले प्राप्त सहयोगले बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्। प्राप्त औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर उपचारका लागि प्रयोग गरिनेछ।

Advertisement

Click the button below to skip this ad and read the full article.