Online News Portal

आदिवासी जनजातिका लागि छुट्टै मन्त्रालय चाहिन्छ

काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रि महाधिवेशनबाट ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । यसअघि तदर्थ समितिको अध्यक्ष भएर २ वर्ष काम गरेका उहाँ पार्टीको भातृ संगठनमध्ये सबैभन्दा पहिला महाधिवेशन गर्न सफल हुनुभयो । दशकदेखि महाधिवेशन गर्न नसकेर तदर्थवादमै चलेका नेविसंघ, तरुणदल, महिला संघ लगायत संगठनको नेतृत्वमा रहेका व्यक्तिलाई समेत घर्तीमगरले संगठ चलायमान बनाउन नेतृत्वको क्षमतामा भरपर्ने सन्देश दिनुभएको छ ।कांग्रेसका १३ वटा भातृ संगठनको नेतृत्व पार्टी सभापतिले नै फेर्नुभएको र महाधिवेशनका लागि निश्चित समयसीमा समेत तोकिदिनुभएको थियो । यसमा हामीले पनि दुई पटकसम्म समय थपेर महाधिवेशन गर्नुपर्‍यो । तर, पाएको जिम्मेवारीलाई कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा मैले जिम्मेवारी प्राप्त गरेका दिनदेखि संगठनिक गतिविधिलाई चलायमान गरें । तीन महिनामा ४९ जनाको समिति गठन गर्दा मैले निकै चुनौती बेहोर्नुपरेको थियो । नेताहरुबाटै निकै ठूलो दबाब र गाली आएको थियो । तर,सबै नेताहरुलाई सोधेर समिति बनाएँ । कमिटी बनाउँदा काम गर्ने साथीहरूलाई राखेर बुद्धिमत्तापूर्वक अघि बढेका कारण मलाई साथीहरुले ठूलो सहयोग गर्नुभयो । संगठनलाई चलायमान बनाउन संगठनको प्रमुख्य नेतृत्व नै चलायमान हुनुपर्छ र नेतृत्वले चाहेको खण्डमा सबैलाई मिलाएर काम गर्न सकिन्छ भन्ने एउटा उदहारण पेस गरेको छु ।