Online News Portal

आज पनि उकालो लाग्यो सुन–चाँदीको मूल्य

काठमाडौँ : अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्य वृद्धिको क्रम र बढ्दो मागका कारण आज पनि आन्तरिक बजारमा सुन–चाँदीको भाउ उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला छापावाला सुनको मूल्य रु २,५२,२०० पुगेको छ। त्यसैगरी चाँदीमा पनि वृद्धि भई प्रतितोला मूल्य रु ३,४९० निर्धारण गरिएको छ।

यसअघिको कारोबार दिवस शुक्रबार सुनको मूल्य प्रतितोला २,५०,६०० र चाँदी ३,३४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि सुन–चाँदी महँगो हुँदै गएको देखिन्छ। आज एक औँस सुन ४,१७५ अमेरिकी डलर र चाँदी ५४ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तरराष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.