आजकै दिन : राष्ट्रसंघमा मलालाको सम्बोधन
काठमाडौँ — सन् २०१३ मा आजकै दिन (जुलाई १२) मा महिला शिक्षाकर्मी मलाला युसुफजाईले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरेकी थिइन् । सम्बोधनका क्रममा उनले आफू हरेक बालबालिकाको शिक्षाको पक्षमा रहेको बताएकी थिइन् । पाकिस्तानमा महिला शिक्षाका लागि अभियान चलाएकी युसुफजाईलाई २०१२ मा तालिवान विद्रोहीले आक्रमण गरेका थिए । कुनै समय तालिवानको नियन्त्रणमा रहेको स्वाटमा उनीमाथि १५ वर्षको उमेरमा आक्रमण गरिएको थियो । ‘मलाला को हो ?’ भन्दै सोधेलगत्तै तालिवानले उनको टाउकामा गोली हानेका थिए । आक्रमणमा उनका दुई साथीहरूसमेत घाइते भएका थिए । आक्रमणपछि उनको बेलायतमा उपचार
महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उनलाई १७ वर्षको उमेरमै २०१४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुन् ।
तालिवानको क्रूर शासनबारे ११ वर्षको उमेरमा बीबीसी उर्दूमा लेखेको परिचयविहीन डायरीका कारण युसुफजाईले मानिसहरूको ध्यान केन्द्रित गरेकी थिइन् । उनले विद्रोहीको दबाबको खुलासा गर्दै महिला शिक्षाको वकालत गरेकी थिइन् । साथै उनले सार्वजनिक रूपमा त्यस्ता मुद्दाबारे वकालत गरेपछि उनी तालिवानको नजरमा परेकी थिइन् ।