Online News Portal

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु

काठमाडौँ: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु गरेको छ। यस अन्तर्गत:

अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण: अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिक बनाउन विस्तृत अध्ययन गरिनेछ।

 

सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिरिने प्रयास: नेपाललाई एक वर्षभित्रै ग्रे लिस्टबाट बाहिर ल्याउन कार्यविधि तर्जुमा र कार्यान्वयन गरिनेछ।

संघीय आर्थिक नीति तर्जुमा: तीन तहका सरकारको आर्थिक क्रियाकलापलाई निर्देशित गर्न संघीय आर्थिक नीति तयार गरिनेछ।

मौद्रिक र वित्त नीतिमा सामञ्जस्यता: विशेषज्ञ सम्मिलित थिंक ट्यांक गठन गरी मौद्रिक र वित्त नीतिबीच सामञ्जस्यता कायम गरिनेछ।

राष्ट्रिय बचत नीति तर्जुमा: घरपरिवार र व्यावसायिक क्षेत्रको बचतलाई प्रोत्साहन गरी लगानीयोग्य पुँजी सुनिश्चित गर्न राष्ट्रिय बचत नीति तर्जुमा गरिनेछ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, नीति तथा कार्यक्रम र बजेटको तयारी तीव्र पारिएको छ, जसमा वर्तमान आवश्यकताहरूलाई ध्यानमा राखेर कार्यक्रमहरू बनाइनेछन्।