Online News Portal

अर्घाखाँचीमा सडकमै चालकको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण

काठमाडौँ : सवारी दुर्घटना न्यूनीकरणका लागि अर्घाखाँचीमा सडकमै सवारी चालकहरूको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ।

 

 

जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा लाहुरे बजारमा आयोजित शिविरमा करिब १ सय चालकको आँखा र रक्तचाप जाँच गरिएको हो। ट्राफिक सचेतनामूलक बोर्ड पनि राखिएको उक्त कार्यक्रमले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.