खुला प्रतिस्पर्धाबाट क्यान्सर अस्पतालको अध्यक्ष चयन प्रक्रिया सुरु

काठमाडौँ : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत पूर्ति गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले मंगलबार सूचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

 

 

प्रकाशित सूचनाअनुसार अस्पताल ऐन, २०५३ को दफा ७(१)(क) बमोजिम अध्यक्षका लागि आवश्यक योग्यता तोकिएको छ। जसअनुसार मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष अनुभव भएको, वा चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधिसहित स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव प्राप्त वरिष्ठ चिकित्सक उम्मेदवार बन्न सक्नेछन्।

 

अध्यक्षको कार्यकाल तीन वर्षको रहनेछ। यसअघि २०७९ चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले विजयराज न्यौपाने लाई अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल सकिएसँगै नयाँ अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको हो।

यसपटक पहिलोपटक खुला प्रतिस्पर्धामार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको मन्त्रालयले जनाएको छ।

Comments (0)
Add Comment