खरमुक्त आयोजना अलपत्र, टिनको बाटो कुर्दा कुर्दा भत्कीए घर !

लाेकेन्द्र विश्वकर्मा

९ भाद्र २०७७, मंगलवार १७:५० मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 119
    Shares

लोकेन्द्र बिश्वकर्मा जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ ताँसी र धुमाका का दलित तथा बिपनन् बस्तीहरुलाई संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरको छानो मुक्त गर्नेभनी ६९ लाखको अनुदानमा आयो । उक्त आयोजना कार्यान्वयन नभई अहिले सम्म अलपत्र परेको छ ।


यता आयोजना अलपत्र प¥यो ताँसी र धुमाका स्थानियहरुका खरले छोएका घरहरु भत्कीना थालेका छन । यता दलित तथा बिपनन् बस्तीहरुका टिनछाउँने सपना अधुरै रहेको स्थानिय सुर्जी बि.कको गुनासो रहेको छ ।

टिन आउँने पर्खाइमा बितेका ताँसी र धुमानौलपैना बासीहरुका घरहरु भत्कीना थालेका छन । गाउँपालिका वडापालिकाले तत्कालै टिनआउँने बिश्वासका कुरा दिलाएपछी खर काट्ना जंङगल गएका थिएनन् । खर नकाटेपछी झमझरी पानीले घर भत्कने सम्भावना निकै रहेको स्थानिय पुनी बि.कले बताईन ।


सरकारले टिन दिने भनेपछी खुसी भएका दलित तथा बिपनन् ताँसी र धुमा बासीन्दाहरुको खरेछानोमा टिन छाउँने सपना अधुरै रहने भएको छ ।
बर्ष भरी नचुहीने गरि खरले घरभरी छाप्ने ताँसी बासीहरु अहिले सरकारले टिनदिने बिश्वाशीला कुरा गरेपछी ताँसी बासीहरुले खर “क्यार”पनी छाप्ना पाएका छैनन् । यता पानी परेपछी घर बाहिर होईन भित्र बढी आउँने भएको स्थानियहरुको गुनासो रहेको छ ।

२०७६ साल पौष महिनामा संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ६९ लाखले बारेकोट ६ मा रहेका ताँसी र धुमाका दलित तथा बिपनन् बस्तीहरुका ८० घरहरु भन्दामाथी टिन छाउँने सम्झौता भयो ।

उक्त रकम गाउँपालिकाको खातामा आएको थियो ठेकेदारले सम्झौता नगरेपछी अलपत्र परेको हो ।अब तल्कालै उक्त आयोेजना निर्माणमा जोड दिने गाउँपालिका प्रशासकिय अधिकृत गोबिन्द्र बहादुर सिंहले जानकारी गराए । गाउँपालिकाले भने काम तल्कालै सूरु गरियता पनि ठेकेदारको लापर्वाहीको कारण उक्त आयोजना अलपत्र परेको हो ।यसलाई निर्माण कार्यमा लैजान गाउँपालिका लागी परेको छ ।

यो काम तल्कालै गर्ने भएको अधिकृत सिंहको भनाई । यता ताँसी र धुमा बासीहरुको टिन छाउँने सपना अधुरो रहने भएको छ ।

तपाइँको प्रतिक्रिया