स्थानिय सरकारको चर्को लापर्वाही ?ओझेलमा जाजरकोटको शिक्षा !

लाेकेन्द्र विश्वकर्मा

८ भाद्र २०७७, सोमबार १२:०२ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 114
    Shares

लोकेन्द्र बिश्वकर्मा जाजरकोट । जिल्लाका अधिकांश बिद्यालयहरुले गरिब,दलित र बिपनन् बिद्याथीहरुलाई भनेर बर्षेनी छात्रबृत्ति बितरण गर्दे आएको छ । तर जाजरकोटका कयौ बिद्यालयहरुले बिद्यार्थीहरुको छात्रबृत्ति हिनामिना गर्दै आएका छन ।

बिद्यार्थीहरु छात्रबृत्तिकै लागी बिभिन्न निकायहरुमा हारगुहार गर्दा समेत स्थानिय सरकार सम्बन्धित प्रशासनहरुले वेवास्ता गर्दै आएको छ ।


सीता माध्यामिक : बारेकोटको सीता माध्यामिक बिद्यालयले २०७५ सालको छात्रबृत्ति अहिले सम्म दिएको छैन । तल्कालिन प्रधानध्यापक भुमिलाल शाहीले बिद्यालयको खातामा रहेको छात्रबृत्तिको ६३ हजार रकम मध्य ४५ हजार रुपैयाँ आफनो खल्तीमा भर्न सफल भए । यता अहिलेका प्रधानध्यापकले तिलकबहादुर खत्रीपनी उक्त रकमको लागी पहल कदमी गर्ने भन्दै पन्छीरहेका छन ।

“उक्त बिद्यालयका बिद्यार्थीको गुनासो सम्बोधन गर्नमा स्थानिय सरकार स्थानिय प्रशासनहरुको नजर पुग्न सकेको छैन । सोमबार मालिका खबर डटकमको शिक्षा बहसमा सीता माध्यामिक बिद्यालयमा हिनामिना भएको छात्रबृत्तिको रकम तल्कालै छानबिन गर्ने बारेकोट गाउँपालिका शिक्षा बिकास शाखा अधिकृत रामबहादुर मल्लले बताए ।
“उनले भने पहिले पनी बिद्यालयलाई अनुगमन गर्दा सुझाव दिएका थियौ तर अहिले सम्म बिद्यालयले लापर्वाही गरेको छ । अब कारबाहीको बाटो तुल्याउने भएको अधिकृत मल्लको भनाई रहेको छ ।

Image may contain: 3 people, including Ram Bahadur Malla

शिक्षा बहस कार्यक्रममा अधिकृत रामबहादुर मल्ल शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख अमृता अधिकारी

“बारेकोटको सीता माध्यामिक बिद्यालय नमुना मात्र हो । जिल्लाका अधिकांश बिद्यालयहरुले यस्तो कार्य गर्दै आएका छन । यता सम्बन्धित निकाय प्रशासनहरु बल्ल तल्ल निन्द्राबाट बिउझिएका छन ।
सोमबारको शिक्षा बहसमै जिल्लाको समग्र शिक्षाको बिषय र बारेकोटको सीता मा.बि. लगायत यावत बिषयमा शिक्षा बिकास तथा समन्वय इकाइ जाजरकोट प्रमुख अमृता अधिकारी संग छलफल गरिएको छ । यता जिल्ला भरीमा यस्ता कार्य गर्ने बिद्यालयहरु थुर्पै भेटिएका छन । अब प्रशासनले कारबाही अगाडी बढाउँने तयारीमा रहेको इकाइ प्रमु्ख अधिकारीले बताईन ।

“जाजरकोटमा ६७ वटा माध्यामिक बिद्यालय २६८ वटा प्राथामिक बिद्यालय ७९ वटा आधारभुत बिद्यालय, रहेका छन । अर्का पक्ष यी सबै विद्यालयहरुबाट विद्यार्थीको संख्या घट्ने क्रममा रहेको छ । बीचमै पढाई छाडने गरिवीको कारण भारत तीर जाने क्रम पनि बढ्दो छ ।

“यता शिक्षकले स्रोत ब्यक्तीलाई, स्रोत ब्यक्तीले गाउँ नगर शिक्षालाइ , गाउँनगर शिक्षाले जिल्ला शिक्षा समन्वय इकाइलाई, समन्वय इकाइले क्षेत्र विभागलाई ठग्ने परिपाटी बनिएको छ ।

यत्रो जिल्लामा शिक्षा क्षेत्रमा अनियमिताको जालोलाई तोडनमा स्थानिय सरकार प्रदेश सरकार केन्द्रीय सरकारहरु बेखबर रहेका छन । गाउँमा गए चर्का भाषण मै शिक्षाको ठूलो चुनौती समाधान गरेका छन । उनीहरुको महंगो कुर्सीमा फर्किन्छन । अनि बिद्यार्थीहरुका समस्याहरु जिउकातीउ रहेका छन ।

तपाइँको प्रतिक्रिया