“मैले नदेखेको संसार”

लाेकेन्द्र विश्वकर्मा

६ भाद्र २०७७, शनिबार १९:४३ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 174
    Shares

यो कथा यथार्थ जिन्दगीको बह हो – जस्ताको तस्तै  

संसार उज्यालो छ,जताततै उज्यालो को प्रकाशले रंगमय छ ! जिबनका कयौ आरोह र अवरोहमा उज्यालोको महत्व अग्रस्थान मा छ ! जिबनलाई सृष्टिकै सुन्दर फुल भनेर मैले सोचेकि थिए ! तर रहेन्छ सबै फुलहरु ले पनि सुगन्ध कहाँ दिदा रहेछन र ? जीवन पनि त्यही बगैंचा फुलेको फुल न हो कहिले ओईलिने,कहिले फक्रने, त कहिले काडा बनेर बारम्बार घोचिरहने एको अबोध को कोमल मुटुलाई । उज्यालो को दुनियामा रमाईरहेका  कयौं, मानिसहरु खुशी होलान तर जो ्अन्धकार को संसार मा बसिरहेका  मानिसलाई के होला तपाईं आफै कल्पना गर्नुहोस त ?
                 जीवन पनि उहीँ रहेछ,दैव पनि उहीँ रहेछ,जस्लाई चोटै चोट को ब चपेटामा राखी आफू हास्न चाहान्छ, रमाउन चाहान्छ,एक्लोपन को यात्रा गर्न,जिबनयापन गराउन बाध्य रहेछ ! तर पनि खुसी भने सधै उस्तै उस्तै,उराठ उराठ लाग्दो,रंगहिन,स्वादहिन जिन्दगी देखेर कति कति घृणा लाग्छ होला आफै लाई तर मलाई भने जेजस्तो भए नि मेरो जीवनदेखि खुसी नै लाग्छ, आज म त्यही जीवन को बास्तबिक्ता लेख्दै छु,त्यही जीवन ले काटेका दुख,सुख का पलहरु लेख्दै छु,मेरो बाल्यकाल देखि को विना प्रकाशको यात्रा को  जीवन कथा लेख्दै छु, जिन्दगीले भोगेका चरम उत्कर्ष हरु को बारेमा लेख्दै छु, कहिले पनि बिर्सन नसक्ने गरि जिन्दगीले दिएको चोटहरु लेख्दै छु । अहिले सम्म नदेखेको अन्ध्यारो संसार को बारेमा लेख्दै छु । मेरो कथा,जीवन कथा,दुखको कथा आँखा बिनाको कथा आज लेख्दै छु ।
              २०५० साल फागुन १३ गते मंगलबार जाजरकोट को नलगाड नगरपालिका व.डा.नं.४, नयाँ बस्ती एक विकट पहाडिया गाँउमा पिता ललित रावल र माता नैना रावल को कोख बाट  मेरो जन्म भएको हो । गरिबी,अशिक्षित ,भौगोलिक बिकटता जस्ता चरम समस्या  परेको मेरो परिवार पहिले देखि नै अभाव अभाव को  मार पर्दै आएको छ ।एक दुर्गम गाउँ ,बिकास्त्मक दृष्टिकोण ले निकै पछाडी परेको मेरो जन्मस्थान कस्तो छ,रातो हरियो या अरु कुनै रंग को अहिले सम्म थाहा नै छैना ।
             मेरो जीवन हरेक पल छलकपट भैरह्यो या परिवर्तन भैरह्यो रितु हरु झै पल पल ,ईन्द्रेणी जस्तै फरक फरक रंग मा ।ईन्द्रेणी का रंग हरु झै चम्के पनि खुसी हुनेथे मा तर रातो सेतो हरियो रंग जस्तै चमक भए नि खुसी हुन्थे, ,तर सबै रंगहरुले चमकता नदिदारहेछन, मलाई सदैव कालो रंगले घेरिरह्यो,कालो बाद्लझै ढाकछोप गर्यो त्यही भएर त मेरो जीवन पनि कालो अँध्यारो संसार मा गयो ! सबै रितु ले नि खुसी कहाँ दिदा रहेछन र , रितु मध्य को सब भन्दा राम्रो रितु वसन्त रितु,सबैको प्यारो रितु । कोईलिले गित गाउदा,जताततै हरियाली ,ढकमक्क फुलेका बास्नादार फुलहरु,पालुवा हरु, लेकबेशी मा फुलेका लालिगुराश हरुको आगमन को रितु वसन्त रितु  हो । तर मेरो लागि एक जीवन मा ठूलो चोट दिने, आँखा भरि आशुका कहिल्लै नसकिने गरि आँशुका मुलहरु दिने ,जिबन एक अन्धकार को खाडलमा डुबाएको रितु पनि वसन्त नै हो ।

मैले यो रितु लाई पुर्ण रुप मा घृणा गर्न खोजेको हैना तर यहि रितु को बेला मेरो जिबनको बाटो मा ठूलो पहाड आएको थियो अर्थात मा करिब डेढ बर्षको हुदा चैतको महिना मा मेरो दुइटै आँखाको ज्योती गुम्न पुग्यो  ।त्यसपछि मेरो जिन्दगीको अँध्यारो यात्रा को प्रारम्भ भयो ।
        पारिवारिक हिसावले मेरो घरमा  आमा  बाबा,दाइ,दिदी,भाइ अनि म । पेसागत हिसाबले  सबै कृषि,(,खेतीपाती,पशुपालन)  म संलग्न ,जाजरकोट जस्तो पहाड बिकट एरियामा अरु के नै हुन सक्छ । शिक्षाको दृष्टिकोण ले सबै जना अशिक्षित ,अचेतन,पुराना रुढीबादी सोच , परम्परा बोकेका ! मेरो आँखा गुम्दा पनि सबै जना रुढीबादी परम्परागत सोच ले धामी झाक्री मा बिश्वास गरि मलाई अस्पताल को सट्टा धामी झाक्री को साथ मा लगियो ! तर केही पनि भएना ! त्यसको केही समय पछि केहि आर्थिक जुटाई मम्मिले मलाई दाङ सम्म पुर्याउनु भयो। डाक्टरको सल्लाह अनुसार केही दिन दाङ मै रहए । आमाको आँखामा खुसिको आशाको त्यान्द्रो लुकेको थियो । छोरिको आँखा को ज्योती आउँछ कि भनेर ! अपशोच केही समय पछि डाक्टर आएर आमालाई भन्यो “सरि तपाईको छोरिको आँखा कहिलै बन्दैना  अब घर तिर लानुहोस”
यो शब्द सुन्ने बितिकै आमा झस्किनु भयो !ढल्यो आमाको आशाको त्यान्द्रो,झरे आँखा बाट आशुका बज्रपातहरु। बर्षिए मेरा आँखा बाट आँशुका मुलहरु !म त करिब ५ बर्षको सानो बालिका के थाहा !आमा को आशुको महत्त्व नै बुझे न तआफ्नो आँखाको महत्व नै बुझ्न सके । मेरो आशा को त्यान्द्रो पनि त्यस्मै चुडियो । करिब ५ को उमेर सम्म मेरो जीवन तिनै पहाड ,कुना कन्धरा,मा बित्यो । त्यसपछि एउटा बिदेशी संस्थाको सहयोगमा मलाई मेरो बाबाले कोहलपुरमा लग्नु भयो ।

              त्यहा हामी जस्तै ब्यक्ति लाई पढ्ने एउटा स्कुल रहेछ, मलाई पनि त्यही स्कुल मा भर्ना गरियो । मेरो सानै देखि को पढ्ने सपना पूरा भयो ।म जस्तै साथी हरु पनि थुप्रै हुनुहुन्थ्यो ।सोचेकी थिए, यो दुनिया मा म मात्र हु कि जस्तो लाग्थ्यो !तर कोहलपुर आएपछी आफू जस्तै मान्छे हरु देख्न पाउँदा,मलाई केही गर्न मन लाग्यो,अगाडी बढ्न मन लाग्यो ,हामी बेला बेला पिडाहरु दुख हरु साटासाट गरिरहथेउ! पहिलो पट्क बजार आएकी एउटि अबोध अन्धी लाई के नै थाहा हुन्थ्यो र !सुरु सुरु मा त म कतै बाहिर गको बेला कोठा भेटाउन करिब २ घन्टा लाग्थ्यो, गाडि को भिड यता उता गर्दा डर ले थरथर काप्थे,तर पनि यता उता छामछुम गर्दै लठ्ठीको सहाराले म आफ्नो कोठा भएको ठाउँ सम्म असहजले पुग्ने गर्थे ! तर नियतिले ठगेको मान्छेलाई कसैले केही गर्द्रो रहनेछ जस्तो लाग्थ्यो जती बेला म सडक मा एक्लै हिडेको बेला गाडी हरु ले छलेर जान्थो ।
               मेरो केही  बाल्यकालकाल  जाजरकोट मा बिते पनि मेरो जीवन को अधिकांश जिबनहरु कोहलपुर मै वित्न पुग्यो !मेरो कक्षा १ देखि १२ सम्म को पढाइ   त्रिभुवन उच्च मा.बि कोहलपुरमा सम्पन्न भयो !त्यसपछि मा उच्च  अध्यन को लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ।
!त्यसपछि मा उच्च शिक्षा अध्यन को लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज मा स्नातक प्रथम बर्षमा भर्ना भए !भर्ना पछि मैले झन दुख कष्ट भोग्नु पर्यो, टाढा को बाटो गाडी मा आवातजावत गर्न निकै कष्टपुर्ण रह्यो,कहिले बाटो मा हिड्दै गर्दा बाटोमा हिड्ने गोरुहरुले किच्ने गर्थे,कहिले साईकल वाला हरु ले नि हान्थे,म भुई मा पछारिन्थे,ढल्थे,साहरा खोज्थे ,तर सहारा को नै थियो र अरुको त कुरौ छोडम आफू संग भको लठ्ठी पनि हात ले छाम्न खोज्दा भेटीदैन्थ्यो ! बिस्तारै क्याम्पस मा साथिहरु संग चिनजान सुरु भएको थियो,नेपालि समाज त्यो पनि रुढीबादी सोच ले निकै ग्रस्त अपांग ,दृस्टीविहिन लाई हेर्ने दृस्टीकोण  नै फरक हुन्थ्यो । मलाई यिनै कुराहरुले बारम्बार कट कटि मुटु पोलिरहन्थ्यो, तर के गर्ने बल्झिएको गाउँ झन बझाउने काम मात्र हुन्थ्यो तर घाउमा मलहम पट्टी लगाउने केही नै थिएना म संग ।
       करिब एक बर्ष क्याम्पस आवातजावत कोहलपुर बाटै गरे,त्यस्पछी म नेपाल्गंज मा आए,क्याम्पस नजिकै को घर अगाडी कोठा लिएर बस्न थाले ,कोहलपुर बाट आईसकेपछि मलाई झब गार्हो भयो,कोठामा एक्लै बस्नुपर्ने,सहयोग गर्ने मान्छे पनि कोहि नभएको,कोठामा खाना पकाउने देखि लिएर कपडा धुने,भाडा माझ्ने देखि लिएर सबै काम बिस्तारै अनुभव को आधार मा गर्न सिकिसकेको थिए ।सुरु सुरुमा मलाई कहाँ के छ,भनेर बुझ्न समय लाग्थ्यो,  ,मैले केही कुरा अनुभव को आधार मा सिकिसकेको थिए एक्लो संघर्ष को गर्न बिस्तारै बानी परे । मलाई क्याम्पस जादा आउदा मेरो साथी ले लिने ल्याने गर्थिन ,जे होस मेरो आँखा नभए पनि आँखाको ज्योती बनेकी थिइन उनी हुन् मौसमी बस्नेत ,उनको घर झापा हो,मौसमी संग भेट भएपछी मेरो जिबिन को दैनिकी क्रियाकलाप मा केही सहज भएको थियो,मेरो भावना बुझ्थिन,हरेक समस्या मा पनि खुलेर सहयोग गर्थिन । म उन्को यस्तो भावना लाई भने सधै कदर गर्छु । मैले मौसमी बाहेक अरुले सहयोग गरेनन भन्न नि खोजेको हैन,सम्पुर्ण दाइज,भाइ दिदी बहिनिहरु ले म प्रती थुप्रै गुण लगाउनु भएको छ,म उहाँहरु प्रती सदा रिनि छु,एक चोटि उहाको हरुको ऋणलाई तिर्ने कोसिस गर्ने छु,हेरम जिन्दगी ले साथ दियो भने ।
         आँखाको ज्योति गुमेको,त्यसमा पनि पढाई ,अनि कोठाको एक्लो बसाई र अर्को तिर आर्थिक अभाब यी तीन चिजले मलाई सधै पिरोल्नु पिरोले,तर के नै विकल्प थियो जस्तो भयो ,जे भयो जे दियो त्यस्मै सन्तुष्ट हुनु पर्ने बाध्यता । यस्तै यस्तै प्रकारका उतार चढाबहरु को सामना गर्दै मैले स्नातक पास गरे, केही राहत भएको जस्तो महशुस भयो,जीवन को एउटा आँखाको ज्योति आएको जस्तो लाग्ग्यो ।म निकै खुसी थिए मेरो स्नातक पासको क्षणलाई सम्झदा ।त्यसपछि शिक्षक सेवा आयोग,लोकसेवा आयोग पटक पटक दिए तर अह सकिना निकाल्ना ,निकाल्नु नि कसरी ,अरु जस्तो आँखाले देखेर पढ्ने भएपनि हुन्थ्यो जति पढ्यो त्यही सुनेर त्यो पनि सुनाउने मान्छे भएपछि,
           अनेकन प्रकारका उत्तार चढाबहरुलाई झेल्दै झेलदै म आज स्नातकोत्तर चौथो सेमेस्टर मा अध्यनरत छु ,नियती ले ठगे पनि मैले आफुलाई आफ्नो मेहनत र संघर्ष बाट ठगेको छैना,जारी छ मेरो जीवन संघर्ष अविरल रुपा आफ्नो संघर्ष लाई जारी राख्ने प्रयास गर्ने छु ,म अरु का अगाडी केही बन्न चाहन्छु ,जस्को  अपांग,दृष्टिविहिन प्रती को नकारात्मक भावना छ,उस्लाइ चुनौती दिन चहान्छु,देश को सेवा गरेर देशभक्त भावनाले ओतपोत हुन चाहान्छु,म जस्तै थुप्रै दृष्टिविहिन हरुको निम्ति केही गर्न चाहान्छु, तर सकेको छैना किनकी म अँध्यारो संसार मा छु,मैले तपाईं कस्तो हुनुहुन्छ म कस्तो छु देख्न पाएको छैना,आफ्नो अनुहार लाई नि नियाल्न पाएको छैन, तर पनि दृढ संकल्प का साथ आगाडी बढ्न चाहन्छु मलाई हजुरहरुको साथ चाहिएको छ । बाटो देखाउने मान्छे चाहिएको छ,त्यो बाटो मा लड्दै ,ठक्कर खादै भएपनि आफै हिड्ने कोसिस गर्ने छु !बस मात्र तपाईं को साथ र हौसला चाहिएको छ ।   
                       उज्यालो   भनेको अध्यारोले ,जन्माएको चमम्किलो बस्तु हो भन्थे जसरी प्रत्येकरात पछि बिहानिहरु आउछन जो अध्यारोमानै निश्चित रहन्छ भन्थे ।हो,मेरो जिबन पनि उज्यालो बिनाको अँध्यारो जस्तै भको छ! जिबनमा अध्य्यारो भै उज्यालो हुन्छ भन्थे दुख पछी सुख आउछ भन्थे ।अ बुझ्छु, यो सारा समाजको रुढीबादी परम्परा मात्र हो खै मेरो अँध्यारो जिबनले जन्माएको उज्यालो मौनता ? खै दुख ले जन्माएको सुखको मौना ?
            मलाई थाहा छ जिबनमा जुन बस्तु पाउन बनेर आयो त्यही बस्तु यथास्थिति अव्स्थामा रहिरहदो रहेछ । जस्तो बगेको पानी निरन्तर बगिरहन्छ ह साच्चै मेरो जीवन बगेको पानी झै हो । जो मुल बाट छुट्टी  सके पछी निश्चित मार्ग भै बग्छ वा अनिश्चित बाटो भै बग्छ त्यो त मलाई नै थाहा छैना कता तिर बग्ने हो ।जस्मा विभिन्न फोहर ढल हाले पनि विभिन्न रंगहरु मिसाएपनी त्यही रंग,त्यही आकार बनी दिन्छ जो मिसाईएको छ । दायाँ डोर्याए दायाँ बायाँ डोर्याए बायाँ नै जान्छ   । तर त्यही पानीमा अमृत मिसाए अमृत बनिदिन्छ बीस मिसाए बीस नै बनिदिन्छ । डोर्याउदै लिई ठूलो खोज बाट खसाली लिई सुन्दर झरना बनिदिन्छ यस्को विपतित बाध लगाई थुनी दिए गहिरो ताल बनी दिन्छ ,कहिल्लै शुद्द जल बनिदिन्छ कहिल्ले साउने भल बनिदिन्छ । बास्तबमै मेरो जिबन बर्सेनि खहरे खोला को पानी हो । पानि यश अर्थमा हो कि मेरो जिबन सर्वव्यापि तरल झै हुदा,जस्मा नराम्रा बस्तु हरु नमिसाईकन राम्रो बस्तु मिसाई जिबन्लाइ एक सुन्दर र रगिन बनाउन चाहान्छु । बांधमा जम्मा भै थुनिनु को सट्टा बगेर  सुन्दर सेतो  झरना बन्न चाहान्छु  । बिषरुपी खराब बस्तु मिसाई बीस बन्नु भन्दा राम्रो र शुद्द बस्तु मिसाइ अमृत बन्न चाहान्छु । तर यश परिस्थिति मा सबैको साथ स्पोर्ट्स र माया ममता चाहिन्छ जसरी चार पाग्रा बाट मिलि एक गाडी गुड्दछ । जिबनका दौड हरु मा सबै मनुष्यहरुलाई कोहि न कसैको साथ अप

जिबनका दौड हरु मा सबै मनुष्यहरुलाई कोहि न कसैको साथ अपरिहार्य हुन्छ भने झन त म औपन्यासिक पात्र जस्तै हु मेरो जीवन को तर सबै ईच्छा अपेक्षा हरुलाई यथार्थ मा उतार्न चाहान्छु ।   यदि सबैको साथ अन स्पोर्ट्स भयो भने !यस कारण मेरो अँध्यारो जिबनलाइ उज्यालो प्रकाश लाई चिनाउन चाहान्छु । फुलाउन चाहान्छु मेरा अध्यारा जिबनमा उज्याला फुलहरु   ।औशी को कालो रमरम अध्यारोमा पुर्णिमा उज्याला जुनको  रसहरु मिसाई भबिस्य उज्ज्वल बनाउन चाहन्छु । भौतिक रुपमा मेरो जिबनको गोरेटो कालो भए पनि भाबनात्व्मक रुपमा उज्यालो हुन चाहान्छु ,एक सुन्दर हेरैचा बगैंचा जस्तो बगैचा को निर्माण गरि त्यो बगैचालाई बास्नादार,स्पर्श्-रुपि मा बद्ल्न चाहान्छु !बर्षौ देखि यो अँध्यारो संसार बाट मुक्त भैइ उज्यालो संसारमा जान चाहान्छु । मलाई सबै को साथ र हौसला को आवस्यक रहेको छ ,पक्कै पनि कसैको निम्ति नमुना बनेर देखाउनु छ वस… यहि अपेक्षा राख्नुहोस म बाट …!!धन्यवाद !!

जिवन कथा : रुपा रावल नलगाड नगरपालिका ४ जाजरकोट  हाल  नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस मा स्नातकोत्तर चौथो सेमेस्ट्र्रमा अध्यनरत हुनुहुन्छ ।
लेखन विशेष सहयोग : डम्बर बिश्वकर्मा {दृढ)

तपाइँको प्रतिक्रिया