“तीजमा छोरीको गुनासो “कोरोना कहर”

Avatar

४ भाद्र २०७७, बिहीबार १९:१४ मा प्रकाशित

मालिका खबर

  • 165
    Shares

डम्बर विश्वकर्मा (दृढ) । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस तथा कोभिड – १९ ले संसारलाईनै संकटको घेरामा झारेको छ । यसै सन्दर्भमा हिन्दु नेपाली नारीहरुको हरितालिका तीजको अवसरमा माईतेको धेलो आउँना नपाउँदा प्यारी आमालाई यस्तो कथा ब्यथाहरु एक सन्दर्भ !

आमा,
मलाई माफ गर है,
यसपाली को तिजमा,
माईत आउन पाईन,
माफ गर..!
तिम्रो,
न्यानो काखमा,
यो पटकको तिजमा,
छमछमी नाच्ने रहर ,
बर्षौ देखि संगालेकी थिए,
तर,
के गर्नु यो,
कोरोनाले मेरो माईत आउने
बाटोमा ठुलो पर्खाल लगाईदियो,
काडेतार बनेर उभिदियो,
म,
निशब्द छु,
निहित भएको छु,
मेरो,
प्यारो माईती घरलाई सम्झेर,
दिन रात आशुका बज्रपात,
बर्षात झै रहेको छु,
तिजको बेला लगाउने सारी,
आशुको भेलले,
धोई रहेकी छु,
मेरो हातका चुरा र मेहेन्दी,
फुटिरहेका छ्न,
मेटिरहेका छन,
किनकि ,
म आफ्नो माईत आउन,
पाएकी छैना,
आमा,,
पल्लो घरको ,
ठुली आमाकी छोरी,
नजिकै माइत भएकोले,
आकिछे होला है,
तीजमा नाचिरहेका हुन्छन होला,
परस्पर माया,प्रेम ,साटिरहेका छन होला,
आफ्नो आमाको हातले बनाको,
दर खाईरहेका छन होला हगि..?
त्यो,
देख्दा तिमिलाई,
तिमिलाई मेरो याद आईरहेको,
होला है आमा,
मनालाई सम्हाल्न सकेकी छैनौं होला,
घर को डिलमा बसि,
पारी डाँंडामा जुन लागुन्जेल सम्म,
मलाई हेरिरहन्छेउ होला
कतै छोरी आउछे कि भनेर,,
मेरो बाटो कुरिरहेकी छौ होला,
आमा,
पोहोर साल तिम्ले बनाको,
लैनो भैसिको खिर र दहि,
घरको तल्लो बारिमा फलेको,
पहेलो केरा को मिसावटमा,
एक एक चम्चि गर्दै,
कान्छी र मलाई खुवाएको,
फिटिक्कै बिर्सन सकेको छैन,
झलझली,
मेरो आँखा अगाडि झल्किरहेका छन,
ति चिज हरु,
आज,
म टाढा भएर,
यो कोरोनाले गर्दा,
आउन नपाउदै गर्दा,
तिम्रो चाउरिएको अनुहार ,
मुसारिरहने मन थ्यो,
फुलेको कडादार कपालमा,
नरम तोरिको तेल लगाईदिने,
मन थ्यो मलाई,
तर ,
यतिबेला महामारी छ,
सब कोरोनाले गर्दा,
विश्व त्रसित छ ,
र त,
म आउन पाईन,
मलाईं,
चुनौती दिन मन छ,
ए,कोरोना..?
जसरी, तैले मलाई,
यसपालिको तिजमा,
माईत जान रोकेको छस नि,
त्यसरी नै तलाई,
अर्को पटक,
नेपाल प्रबेश गर्न रोक लाउने छु,
अनि सदाझै,
रमाइलो गर्दै,
आफ्नो माईत जाने छु,
आमाको हात को दर खाने छु,
आमा यसपालिलाई आउन पाईन ,
अब अर्को साल आउने छु,
आफ्नो ख्याल राखे है…!

लेखक : डम्बर बिश्वकर्मा (दृढ) हाल नेपालगंज बाँके

हिन्दु नेपाली नारीहरुको बास्तविक कथानाक रुप हो — मालिका खबर

तपाइँको प्रतिक्रिया