दलित समुदायका ६२ क्रियाशील पत्रकारको कोरोना बिमा !

Avatar

३१ श्रावण २०७७, शनिबार ०४:३६ मा प्रकाशित

मालिका खबर

  • 81
    Shares

३१ साउन, काठमाडौं । मूलधारदेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील दलित पत्रकारको बिमा गरिएको छ । क्रियाशिल दलित पत्रकार संघ, नेपाल आड्जोनले विभिन्न मिडियामा कार्यरत दलित पत्रकारहरुको कोरोना बिमा गरेको हो ।

काठमाडौंँदेखि विभिन्न जिल्लामा कार्यरत क्रियाशील ६२ जना दलित पत्रकारहरुको बिमा गरिएको संघका सदस्य मिलन विश्वकर्माले बताए । उनका अनुसार पहिलो चरणमा ६२ जना दलित समुदायका पत्रकारहरुको बिमा गरिएको हो । दोस्रो चरणमा सबै क्रियाशील दलित पत्रकारको बिमा गरिनेछ ।

कोरोना महामारीको संक्रमण बढ्दै गएका बेला अग्रमोर्चामा रहेर काम गरिरहेका पत्रकारहरुको बिमा गरिएको क्रियाशील दलित पत्रकार संघकी अध्यक्ष पवित्रा सुनारले जानकारी दिइन् । यसअघिदेखि नै बिमाको प्रक्रिया शुरु गरिएपनि पछिल्लो समय संक्रमण बढेपछि यसलाई मुर्त रुप दिइएको हो ।


संघमा आवद्ध ६२ दलित पत्रकारको बिमा गरिएको हो । बिमा गरिने पत्रकारमा काठमाडौंसँगै प्रदेश २, कर्णाली र सुदुरपश्चिमका धेरै छन् । कोरोना संक्रमित क्षेत्रको जोखिम हेरेर पहिलो चरणमा दलित समुदायका पत्रकारको बिमा गरिएको अध्यक्ष सुनारको भनाई छ ।

बिमा गरिएका पत्रकारलाई कोरोना संक्रमण भएमा ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । दलितका मुद्दा र समुदायका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि गठित क्रियाशील दलित पत्रकार संघ, नेपालले विभिन्न अन्तरक्रियात्मक छलफल तथा बहस गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया