दुईबर्षको पढाई सकियो, बिद्यार्थीको छात्रबृत्ति बिचबाटोमै हरायो ? प्रधानध्यापकहरु एक अर्को भन्दै पन्छिए !

लाेकेन्द्र विश्वकर्मा

३० श्रावण २०७७, शुक्रबार १३:५५ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 402
    Shares

लोकेन्द्र बिश्वकर्मा जाजरकोट । सरकारले गरिब,दलित र बिपनन् बिद्याथीहरुलाई भनेर बर्षेनी छात्रबृत्ति बितरण गर्दे आएको छ । तर जाजरकोटको बारेकोट गाउँपालिकामा अबस्थित  सिता माध्यामिक बिद्यालयले २०७५ साल देखीको छात्रबृत्ति बितरण गरेको छैन ।  यता दुईबर्षको पढाई सकियो तर  बिद्यार्थीहरुले अहिले सम्म छात्रबृत्ति पाएका छैनन् ।

गरिब,दलित र बिपन्नहरुलाई बिद्यालयबाट दिईने छात्रबृत्ति सरकारले सिदै बैंक खातामा राख्ने ब्यबस्था गर्‍यो ? बिडम्बना सीता मा.बिको ६३ हजार रुपैया पुर्ब प्रधानध्यापक र बिद्यालय ब्यबस्थापन समितीका  अध्यक्षको निजी खातामा पर्न गयो । बिद्यार्थीहरुले छात्रबृत्ति नपाएको र बिद्यालयको खाताको रहेको रकम हिनामिना भएको बषौ बित्यो । कुनैपनी निकायहरुले ध्यान नदिएको विद्यार्थीहरुको गुनासो रहेको छ ।

यता दुईवटै प्रधानध्यापकहरु पनी एकअर्का भन्दै पन्छी रहेका छन । पुर्ब प्रधानध्यापक भुमिलाल शाहीले बिद्यालय ब्यबस्थापन समिती,अविभाव संघ सबैलाई बैठक गराएर हिसाब किताब गरेर सवै बुझाए र गएको अझै  । बिद्यालयको हिसाबमा  उल्लेख गरेको बिद्यालय छानो  बिद्यालयको टिन फेर्दा  १ लाख ३६ हजार आफुले दिएको उक्त रकम लिनु भएको बताउँछन ।

अर्का पक्ष हालका प्रधानध्यापक तिलकबहादुर खत्री भने आफु २०७६ सालको भन्दा पछाडिको जवाफदेहीता हुन्छु  । ७५ सालको थाहा नभएको भन्दै पन्छीरहेका छन । एकअर्कामा दोष देखाउँदै पन्छीरहेका दुबै प्रधानध्यापक र बिद्यालय ब्यबस्थापन समितीहरुको यो बिषयहरुमा चर्का लाप्रवाही रहेकोछ ।

” विद्यार्थीहरुले छात्रवृत्ति नपाएको बर्षौ बर्ष बित्यो जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ जाजरकोट प्रमुख अमृता अधिकारीले लकडाउन पछि छलफल गर्न धारण राख्छिन । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको कहरले छाएको ५/६ महिना बित्यो तर छात्रवृत्ति नपाएको बर्षौ बर्ष बित्यो । 

बारेकोटको सिता माध्यामिक बिद्यालय त नमुना मात्र हो ।   जाजकोट जिल्लाका अधिकांश बिद्यालयहरुले यस्तो कार्य गदै आएका छन । यता शिक्षा बिकास स्थानिय सरकार स्थानिय प्रशासन भने बेखबरी अबस्थामा रहेका छन ।  कयौ बिद्यार्थीहरुको छात्रबृत्ति पाउँने सपना आशामा मात्र हुन्छ ।  लकडाउनको बेलामा घरमा  बसी कापि कलम किनन् समेत संकट पर्नेबेलामा बिद्यालयले बषौ बर्षको छात्रबृत्ति नदिएको बिद्यार्थीहरुको गुनासो रहेको छ ।

तपाइँको प्रतिक्रिया