गजल : शोषकको खण्ड पल्टाउ !

Avatar

२५ श्रावण २०७७, आईतवार १३:४९ मा प्रकाशित

मालिका खबर

  • 229
    Shares

निरङ्कुशता र शोषकको खण्ड पल्टाउ युवाहरु,
जातिवाद र रुढिवादको धरोहर पल्टाउ युवाहरु,

गरिवहरु बसेका छन,गोठ अनि गाँउमा,
तुच्छ धनिहरुको सहर पल्टाउ युवाहरु,

उत्साहको कोसेलीलाई पिजडामा थुनिएकाछन,
स्वार्थी अनि एक्लो पनको रहर पल्टाउ युवाहरु,

धेरै भेदभाव भयो धनी र गरिब बिच,
कुख्यात अनि वेक्ष्रम को महल पल्टाउ युवाहरु,

परिवर्तन को लाम्बद्द मा लागेका ए नौजवानहरु,
बिसंगती र बिकृतिको चहलपहल पल्टाउ युवाहरु

लेखकः डम्बर दृढ़ बिश्वकर्मा हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा स्नातक तहमा अध्ययनरत छन् ।

तपाइँको प्रतिक्रिया