दुर्गेश थापाकाे ‘बेसार- बीच्च बीच्चमा ३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

Avatar

११ श्रावण २०७७, आईतवार ०३:३० मा प्रकाशित

मालिका खबर


दुर्गेश थापाको ‘बेसार’ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ। थापाले आफ्नो चर्चित गीत ‘बीच्च बीच्च’मा शृंखलाको तेस्रो गीतका रुपमा गत शनिबार युट्युबमा गीत सार्वजनिक गरेका थिए। गीतले एक हप्तामा बीस लाखभन्दा बढी भ्यूज पाइसकेको छ। 

महिलाको कथा, व्यथा बुझाउने तीज गीतको चलनभन्दा बेग्लै विषयमा छ। यसमा कोरोना भाइरस महामारी र लकडाउन बीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रष्टाचारसम्मका विषयवस्तु समेटिएको छ।

सरकारले उक्त विषयप्रति देखाएको चासो, प्रतिक्रियामा गीतले प्रश्न उठाएको छ।  

गीतमा बसन्त थापाको शब्द र संगीत रहेको छ। यो गीतमा पछिल्लो समय चर्चामा आएको ‘बेसार’ शब्दलाई केन्द्रमा राखिएको छ। 

सामाजिक राजनीतिक मुद्दालाई व्यंग्यात्मक शैलीमा गाइएको यस गीतका गायक दुर्गेश थापाको ‘बीच्च बीच्चमा’ गत वर्षको चर्चित गीत हो। यो वर्ष उनले त्यही चर्चित गीतको लयमा नयाँ शब्द थपेर दुइटा गीत सार्वजनिक गरिसकिएको छ।

गीतको भिडिओमा दुर्गेश थापासँगै चिरन्जिवी सापकोटा, काजिस श्रेष्ठ, जीवन सहानी क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का कलाकारहरु बजाउँदै गाउँदै गरेका देखिन्छन्। तीजकाे गाइजात्यरसमा साडी समेत लगाएको देख्न पाइन्छ।

गीतको भिडिओ काजिस श्रेष्ठले निर्देशन र कोरियोग्राफी गरेका छन् भने अर्जुन तिवारी र उनको टोलीको सिनेमाटोग्राफी रहेको छ।

तपाइँको प्रतिक्रिया