रुकुम घटनाका दोषीलाई कारबाही गर्न पूजाको माग

लाेकेन्द्र विश्वकर्मा

१५ जेष्ठ २०७७, बिहीबार ०६:३९ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

काठमाडौँ । नेपाली चलचित्रकी नायिका पूजा शर्माले रुकुम घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेकी छन । आफ्नी प्रेमिकालाई भगाउन खोज्दा ज्यान गुमाएका नवराज विक लगायत युवाहरुको दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पुजाले माग गरेकी हुन ।

‘समानता नै मानवताको पहिलो आधारशीला हो भन्ने तथ्य कहिले बुझ्छौं होला हामीले ? रोगहरू पनि नयाँ नयाँ आउन थालिसक्यो । अब हामी रोगसँग लड्नु कि छिमेकीको बल मिचाइसँग लड्नु कि आफ्नै घरभित्रको अन्तरजातीय विभेदसँग लड्नु । कि सदाझैं नारी अस्मितासँग खेल्न खोज्नेविरुद्ध लड्नु ? पूजाले फेसबुकमा लेखेकी छन ।

साथै उनले दोषीलाई कडा कडा भन्दा कारबाहीको माग गरेकी छन ।

तपाइँको प्रतिक्रिया