पुरुष भलिबलको उपाधि चुली यूवा क्लव

लाेकेन्द्र विश्वकर्मा

१६ पुष २०७६, बुधबार ०९:२६ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 123
    Shares

जाजरकोट । जाजरकोट खलंगाको थाप्लेचौरमा सुरु भएको रमाइलो मेलामा खुल्ला पुरुष भलिवलको उपाधि चुली यूवा क्लव सुर्खेतले प्रधान गर्ने भएको छ । चेम्बर्स अफ कमर्सले मुख्य आयोजना गरेको रमाईलो मेला तथा सँस्कृतिक महोत्सवमा बुधबार भएको फाइनल खेलमा शसस्त्र प्रहरी बल (ए.पी.एफ.) क्लवलाई हराउँदै चुली यूवा क्लवको टिमले रमाईलो मेला पुरुष भलिबल को उपाधि जितेको छ । रमाईलो मेला मा सञ्चालन भएइरहे्का पुरुष भलिबलमा ६ टिम बाटनै बिजयता हुदै आएको चुली यूवा क्लव ले बिजयता लिएको थियो । खेलमा नेपाली सेनको टीमले तेस्रो दिन हात पारेको हो । प्रथम स्थान हाशिल गर्ने टिमलाई १ लाख ५० हजार, दृतिय स्थान हाशिल गर्ने टिम लाई १ लाख तृतिय स्थान हाशिल गर्ने टिमलाई ५० हजार राशी पुरस्कार सहित प्रमाण पत्र पाउने रमाईलो मेला २०७६ मुल आयोजक चेम्बर्स अफ कमर्सका अध्यक्ष बिश्वबिक्रम शाह ले बताएका छन ।

तपाइँको प्रतिक्रिया