मैले पाएका स्वर्ण पदक दुई छोरालाई: आयशा शाक्य

लाेकेन्द्र विश्वकर्मा

१६ मंसिर २०७६, सोमबार १५:४६ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

अघिल्लो साता तेक्वान्दो प्रशिक्षण हल पुग्दा आयशा शाक्य पूम्से (कला प्रदर्शनी) को अभ्यास गरिरहेकी थिइन्। अर्को कुनामा उनका श्रीमान कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट ग्योरुगी (फाइट) का खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए।यसरी श्रीमान प्रशिक्षक र श्रीमती खेलाडीको रूपमा खटिरहँदा उनीहरूका दुई सन्तान घरमै थिए। आयशा र दिपकका छ र दुई वर्षका छोरा छन्।त्यो बेला हामीले आयशालाई प्रशिक्षणको बारेमा सोध्दा जवाफमा उनले भनेकी थिइन्, ‘यो भन्दा अगाडि राष्ट्र र आफ्नो लागि खेलेँ, अब मेरो बच्चाको लागि खेल्छु।’नभन्दै आयशाले आफ्नो अठोट पुरा गरिन्, १३औं  दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको स्वर्ण जितेर। २९ वर्ष माथिको पुम्से (कला प्रदर्शनी) विधामा र संजिवकुमार ओझासँगको जोडी विधामा उनले स्वर्ण जितेकी हुन्। सोमबार भएको प्रतिस्पर्धामा उनले भारतका प्राजाकितालाई पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन्।स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्। दिपक पनि भावुक बने। उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए।  लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन्। ठूला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले।‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ। मैले गरेँ,अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्नेरैछ,’ आयशाले भनिन्।

आफ्ना ६ वर्षिय छोराले पनि खेल्न सुरू गरिसकेको उनले बताइन् । 

सानो बच्चालाई घरमा छोडेर प्रशिक्षण गर्दा, खेल खेल्दा बच्चाहरूलाई पीडा हुने आफूले महसुस गरेको उनले बताइन्।‘त्यसैले यो स्वर्ण म मेरो बच्चाहरूको लागि समर्पित गर्न चाहन्छु,’ उनले भनिन्।  आयशाले श्रीमानकै हौसला र प्रेरणाले आज आफूले सफलता चुमेको बताइन्।‘२०१६कै दक्षिण एसियाली खेलकुदमा दोस्रो स्वर्ण जित्छु भनेकी थिएँ। गर्न सकिँन। उहाँले नै फेरी गर्न सक्छौ भनेर हौसला दिनुभो र आज यो सफलता मिल्यो’ मुसुक्क हाँस्दै आयशाले भनिन्, ‘त्यसैले पनि आज म भावुक भएँ।अर्को सागमा पूम्से विधामा सहभागिता जनाउने उनको धोको छ। आफू भर्खर पूम्सेमा प्रवेश गरेको भन्दै उनले अझ आफ्नो प्रदर्शन बढाएर लैजाने प्रण गरेकी छन्।‘६५ वर्ष पुगेको मान्छेहरुले पनि पूम्से खेलिरहेका छन्। म पनि स्वस्थ्यले भर दिएसम्म बुढो भइञ्जेल खेल्छु,’ उनले भनिन्।२०१० मा बंगलादेशमा भएको ११औं सागमा आयशा र दिपक दुवैले तेक्वान्दोमा स्वर्ण जितेका थिए। त्यो बेला आयशाले ग्योरूगी (फाइट) मा स्वर्ण जितेकी थिइन्। यसपटक उनले पूम्से (कला प्रदर्शनी) र जोडी विधामा स्वर्ण जितेकी हुन्। योसँगै उनले दुई फरक विधामा स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन्।यसअघि भारतमा भएको १२औं सागमा आयशा रजत पदकमा सिमित थिइन्।तस्बिरहरू : निशा भण्डारी

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/aayesha 1/aayesha (1).jpg

तपाइँको प्रतिक्रिया