जन्मदिनको अवसरमा आश्रममा खाद्यान्न सहयोग !

लाेकेन्द्र विश्वकर्मा

२ कार्तिक २०७७, आईतवार ११:०३ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 450
    Shares

खलंगा ,२ कार्तिक । नेपाल विद्यार्थी संघ जाजरकोट अध्यक्ष ललित बस्नेतले आफ्नो जन्मदिनको अवसरमा नेपाल आमा अनाथ आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

३१ औं जन्मदिनको अवसरमा अध्यक्ष बस्नेतले भेरी नगरपालिका ३ मा रहेको आश्रममा – ५ प्याक चामल दाल लगायत को खाद्यान्न सहयोग गरेका हुन् ।

अध्यक्ष बस्नेतले – भोका अनाथहरुलाई जन्मदिन मनाउने पैसाले खाद्यान्न सहयोग गर्दा आश्रम का बालबालिका खुसी भएका थिए ।

साथै आश्रममा रहेका बालबालिका, मातादी,सम्पूर्णले अध्यक्ष बस्नेतलाई जन्मदिनको शुभकामना समेत प्रदान गरेका थिए । अनाथ आश्रममा अहिले ५२ जना दलित विपन्न तथा अनाथ बालबालिका रहेका छन् । ती बालबालिकाहरूलाई फेरीपनि सहयोग गर्नमा हाजिर रहेको अध्यक्ष बस्नेतको बताए ।

तपाइँको प्रतिक्रिया