जाजरकोटमा पासो लगाएर आत्महत्या !

Avatar

२ कार्तिक २०७७, आईतवार ०८:३२ मा प्रकाशित

मालिका खबर

  • 62
    Shares

खलंगा ,०२ कार्तिक । जाजरकोटमा एक युवाले दोबट्टाको पासो‌ लगाएर आत्महत्या गरेको छन् । आत्महत्या गर्नेमा छेडागाड नगरपालिका–९ चल्लोपालेका ३३ बर्षिय लिलाराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी गराएको छ ।

आत्महत्या गर्ने गिरी छेडागाड नगरपालिका–८ रुवाका घर भएको उनले आत्महत्या ससुराली – छेडागाड नगरपालिका–९ चल्लोपोलेमा गरेकाको स्थानीयले जानकारी गराए । स्थानिय का अनुसार नाताले कान्छा ससुरा पर्ने बिष्णु गिरीको घरमा घाँटीमा दोवट्टाको पासो लगाएर लिलारामले आत्महत्या गरेको हो ।

लिलारामले आत्महत्या गर्नुको कारण हालसम्म नखुलेको प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठ ले बताए । अहिले प्रहरी घटना स्थल जाँदै गरेको छ । पुगेपछि जानकारी दिने प्रहरी प्रमुख श्रेष्ठ ले बताए ।

तपाइँको प्रतिक्रिया