गाडीको पहुँचमा बारेकोट !

Avatar

२९ आश्विन २०७७, बिहीबार १६:५९ मा प्रकाशित

मालिका खबर

  • 200
    Shares

खलंगा २९ असोज । – जाजरकोट जिल्लाको उत्तरी भेगमा पर्ने बारेकोट गाउँपालिकामा सडक संजाल जोडिए संगै गाडीहरुको पहुँचमा जोडिदै गएको छ । ।
अघिल्लो समयमा बारेकोटको प्रशासनिक केन्द्र लिम्सा सम्म सानोगाडी (जीप) पुगेको थियो । उक्त बर्षमै बारेकोटको बाटोको ट्रयाक खुल्दापनी – बर्खायाममा बाढी पहिरोले सडक अबरुद्ध हुदा महिनौ दिनसम्म सानो गाडीहरु पनि आवतजावत बन्द भएको थियो ।
अहिले – बारेकोटको सडक मर्मत गर्दा अघिल्लो साता देखी सानोगाडी (जीप) संचालनमा आएको छ । यता बारेकोटका बिभिनन् ब्यापारिक केन्द्रहरुमा गाडीको पहुँच जोड्दिै गएको छ । सदरमुकाम जाजरकोट खलंगा,देखी कालीमाटी,हुदै नलगाड नगरपालिकाको खानीटाकुरा,सिर्के,हुदै बारेकोटको घाटबजार सम्म जीप संचालनमा आएको छ ।
गाडीको पहुँच – बारेकोटका सबै वडाहरुका अबरुद्ध सडकहरुको मर्मत कार्य तीब्र रहेको छ । यता ब्यापारिक केन्द्रहरुमा मात्र सानोगाडी र ट्याक्टर संचालनमा आएका छन । अब केही सातामै वडाहरुमा गाडीको पहुँच ल्याउने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
अध्यक्ष शाहका अनुसार — यो बर्षको बाढी पहिरोले यहाँको जनमनमा निकै समस्या तुल्याएको छ । समस्याको घढीमा पनी बारेकोटमा बिकासको गती भने रोकिएको छैन । भौगोलिक हिसाबले अति बिकट रहेको बारेकोट गाउँपालिका अहिले भने बिकास अनि सम्बृद्धीको यात्रा तर्फ धकेलिदै गएको छ ।

तपाइँको प्रतिक्रिया