अप्सराको अन्त्येष्टि !

Avatar

२७ आश्विन २०७७, मंगलवार १४:३९ मा प्रकाशित

मालिका खबर

  • 471
    Shares

जाजरकोट – सोमबार भीरबाट लडेर मृत्यु भएको बारेकोट ६ ताँसीकी अप्सरा बि.कको अन्त्येष्टि भएको छ । मंगलबार नजिकैको काउँली आरेघाटमा आफन्तजन,छरछिमेक,भाईबन्धु द्धारा उनको अन्त्येष्टि भएको हो ।

सोमबार – घाँस काट्नलाई नजिकैको धनीखोला पारी गएकी उनी करिब १ बजे लडेर पुर्ण घाईते भएकी थिईन । उनको उपचारका लागी लिदै गर्दा बिचबाटो बारेकोट १ र ५ को सिमाना पर्ने काउँलीमा करिव ४ बजे उनको निधन भएको थियो ।

मंगलबारको अन्त्येष्टिमा गहभरी आँसुका ढिकाहरु टिलपील बगाउदै मलामी आएका आफन्तहरु घर फर्किए । अप्सराको शबभने खरानी बन्दै गरेको थियो । यता सहयोगी भावनाकी धनी अप्सरा नेपाल कम्युनिष्ट पार्टी नेकपा ( विप्लव ) को भातृ संगठन युवा संघको कोषाध्यक्ष समेत हुन ।

तपाइँको प्रतिक्रिया