बारेकोटमा भीरबाट लडेर एकको मृत्यु !

लाेकेन्द्र विश्वकर्मा

२६ आश्विन २०७७, सोमबार ११:१३ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 569
    Shares

जाजरकोट — जिल्लाको बारेकोट गाउँपालिका ६ ताँसीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँसीकी २४ बर्षीय अप्सरा बि.क रहेको स्थानिय हरिबहादुर बि.कले बताए ।

उनका अनुसार,स्थायिन कार्कीगाउँ नजिकै पर्ने धनिखोलाको पाल्नपट्टी घाँस काट्दै गर्दा करिब १ बजे लडेकी अप्सरालाई उपचारका लागी ल्याउदै गर्दा बारेकोट १ ÷५ को सिमानामा पर्ने काउँलीमा करिब ४ बजे मृत्यु स्थानियहरुको भनाई रहेको छ ।

मृतक अप्सरा बि.कको तस्बीर
तपाइँको प्रतिक्रिया