सोती हत्याकाण्ड : उच्च अदालतको ढोकामा नेता शाह !

लाेकेन्द्र विश्वकर्मा

२४ आश्विन २०७७, शनिबार २०:४४ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 388
    Shares

सुर्खेत २२ असोज । न्यायको लागी पीडितहरुलाई सहायता गर्न नेपाली कांग्रेसका नेता तथा पुर्ब सांसद राजिव बिक्रम शाह पीडितहरु संग उच्च अदालत सुर्खेत सम्म पुगेका छन ।

गत जेठ १० गते जातिय बिभेदकै कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीका गाउँले हरुले प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ रानाँगाउँका नबराज बि.क सहित उनका ५ जना साथीहरुको भेरीबगरमा क्रुरता पुर्बक हत्या गरेका टिलपील शब भेटिएका थिए ।

उक्त घटना जिल्ला अदालतबाट उच्च अदालत सुर्खेत सम्म पुगेको छ । दिनौ दिन उच्च अदालतमा खबरदारी गर्दा समेत पीडितलाई घटना तोडमोड हुने डर पैदा भएको छ । पीडितहरुलाई केही सहायता गर्न कांग्रेस नेता शाह बुधबार उच्च अदालतमै खबरदारी गर्न पुगेका थिए ।

नेता शाहले भने रुकुमको सांसद जनार्दनले घटना सामान्य हो,आफै डुबेर मरेका हुन भन्दै गर्दा एकपक्षीय ठोष विवरण दिदै तथ्य नै तोडमोड गरेपछि नेपाली कांग्रेसका सांसदले विरोध गरेका थिए ।

नेपाली कांग्रेस युवा सांसद प्रकाश रसाइली,मिनबहादुर बिश्वकर्मा,लगायतका सांसदहरुले जाजरकोटका सांसद तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सोती घटनालाई दबाउन लागिरहेको संसद बैठकमै पोल खोलि दिएपछी केहीं घटनाले अर्का रुप लिएको थियो । लिनपनी यर्थात रहेको नेता शाहले बताए । यस्तो हत्याकाण्डका घटनाका दोषीलाई कारबाही नगरे अर्का आन्दोलन सुरु गर्ने नेता शाहको भनाई रहेको छ ।

जुनसुकै अबस्थामा पनि पीडितहरुले न्याय पाउनु पर्ने माग समेत राखेका थिए ।

तपाइँको प्रतिक्रिया