जाजरकोटमा नेकपालाई थाती राख्नेकोे संख्या बड्यो !

Avatar

२४ आश्विन २०७७, शनिबार १८:५८ मा प्रकाशित

मालिका खबर

  • 64
    Shares

खलंगा ,२४ असोज । जाजरकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लाई थाती राख्नेको संख्या बड्ेको छ । दिनौ दिन दर्जनौ नेकपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गर्नेको लहर लागेको छ ।
शनिबार जिल्लाको भेरी नगरपालिका — ७ नेपाली कांग्रेस वडाकार्य समितीको आयोजनामा गरेको भेटघाट कार्यक्रममा नेकपा र राप्रपा थाती राखी ४५ जना नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रबेश गरेका थिए ।
भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका नेता राजिव बिक्रम शाह,युवा नेता बेदराज सिंह,नेता छबि पन्त,कुशे गाउँपालिका अध्यक्ष तथा नेता हरिचन्द्र बस्नेतहरु नेता शनतकुमार कार्कीहरुकोे टोलीले प्रवेशीहरुलाई स्वागत समेत गरेका थिए ।
पछिल्लो समय जिल्लामा कांग्रेस नेता शाहले घरदैलो कार्यक्रम चलाएका छन । भेटघाट तथा घरदैलो कार्यक्रममा नेपाली कांग्रेस तीर छिर्नेका संख्या बड्दो क्रममा रहेको छ ।
अघिल्लो सातामा शिवालय गाउँपालिकामा पनि नेकपाबाट बिजयी भएका वडाका जनप्रनिनिधी सहित दर्जनौ नेकपाका नेता तथा कार्यकर्ताहरु कांग्रेस प्रबेश गरेका थिए । यस्तै कुशे गाउँपालिका जनप्रतिनिधी सहित प्रबेश गरेका थिए । प्रबेशीहरुको संख्या बड्यो क्रममा रहेको छ ।
बिकासका रुपमा बैशाखी भएको,बिभिनन् योजनामा लगायतका कार्यक्रममा पनी आफना भाईबन्धुहरुलाई आलोपालो गरेको,जनतामुखी काम नभएको प्रबेशीहरुको गुनासो रहेको छ । यस्तो अबस्थाले नेकपालाई जाजरकोटमा संकट परेको छ । यता नेपाली कांग्रेस तीर प्रबेश गर्नेको लहर बड्ेको छ ।

तपाइँको प्रतिक्रिया