कर्णालीमा थप ११६ जनामा कोरोना संक्रमण,जोखिमको उकालो !

Avatar

२४ आश्विन २०७७, शनिबार १४:३२ मा प्रकाशित

मालिका खबर

  • 16
    Shares


कर्णाली अपडेट : कर्णालीमा पछिल्लो २४ घण्टा भित्रथप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

“कर्णालीमा कोरोना सङ्क्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो”, “पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ ।” यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी संक्रमितको नाघ्यको थियो ।
“जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई÷दुई, डोल्पा र मुगुका एक÷एक र अन्य प्रदेशका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।” योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ ।


जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताए । कर्णालीमा अहिलेसम्म ७९ हजार २५७ जनाको पिसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।रासस

तपाइँको प्रतिक्रिया