जाजरकोटका दैलोदैलोमा कोरोना ? ७ स्थानियतहले रोकथाममा ७ करोड नजिकैको खर्च,

Avatar

२४ आश्विन २०७७, शनिबार १३:५५ मा प्रकाशित

मालिका खबर

  • 81
    Shares

जाजरकोट ,२४ असोज – जाजरकोटका सातवटा स्थानिय तहले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरस नामक कोभिड – १९ रोकथाम तथा नियन्त्रण गर्नको लागी साढे ६ करोड खर्च गरेका छन ।
महामारी सुरु भए लगतै स्वास्थ्य सामग्री खरिद, कवारेन्टाइन निर्माण,र बिभिन्न राहत तथा उद्धारका नाममा सात स्थायिन तहले रु छ करोड ६८ लाख ६६ हजार २६६ खर्च रुपैया असार सम्म खर्च गरेको श्रोतले बताएको छ । भने साउन महिनायताको हिसाब आउननै बाँकी रहेको श्रोतको दाबी रहेको छ ।
खर्च गर्ने मध्यमा छेडागाड नगरपालिकाले रु दुई करोड २५ लाख ७२ हजार ४९५,भेरी नगरपालिकाले रु एक करोड ४४ लाख ८७ हजार ६९८ ,नलगाड नगरपालिकाले रु ५८ लाख १७३ , शिवालय गाउँपालिकाले रु ७० लाख, बारेकोट गाउँपालिकाले रु ७५ लाख ६० हजार ९००, जुनीचाँदे गाउँपालिकाले रु ५४ लाख ४५ हजार र कुशे गाउँपालिकाले रु ४० लाख खर्च गरिएको श्रोतको दाबी रहेको छ । धेरै खर्च गर्नेमा छेडागाड नगरपालिका रहेको छ ।
जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुका सुकिला,मुकिलाहरुले बिवरण पेश गरेका थिए ।
यता कोरोना महामारी दुर्गमका दैलोहरुमा आएको छ । नियन्त्रणमा जति खर्च गरेपनी जनतासामु भने सेवा पुग्न सकेको छैन ।

क्वारेटाइनमा ज्वरोको सिनामोल अभाव,आईशोलेसनमा गाईगोरु राख्ने ठाउँ भए जस्ता आवत बिषयहरु पटक पटक उठदै आएका छन । भने कयौ क्वारेनटाइनमा घरेलु उपचार गरेको पनी पाएको छ । तर खर्चका नाममा भाईबन्धुहरुलाई भएको स्थानियहरुको गुनासो रहेको छ ।

तपाइँको प्रतिक्रिया