जाजरकोट अस्पताल भवन शिलान्यास !

लाेकेन्द्र विश्वकर्मा

१६ आश्विन २०७७, शुक्रबार १२:५८ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 45
    Shares

खलंगा ,१६ असोज । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत द्वारा ५० शैयाको जाजरकोट अस्पताल भवन शिलान्यास भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गत संघिय आयोजना कार्यान्वयन एकाइबाट करिब ३० करोड २९ लाखले अस्पतालको भवन निर्माण हुँदैछ । उक्त अस्पताल भवनको शिलान्यास भने पूर्व शान्तिमन्त्री तथा राष्ट्रिय सभा सदस्य सत्य पहाडी,राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ, लगायत माननीय द्वारा शिलान्यास गरिएको छ ।

वर्षौ वर्ष देखि जीर्ण बन्दै आएको ५० शैयाको जाजरकोट जिल्ला अस्पतालको भवनलाई तीव्र रुपमा संचालनमा ल्याउने मन्त्री बस्नेत को भनाई रहेको छ । कार्यक्रममै ५० शैयाको अस्पताल घोषणा भएको एक दशक भयो । विडम्बना : काम कार्य १५ शैया जस्ता भएको छ । यसलाई काममा ५० शैया बनाउने मन्त्री बस्नेतले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

जीर्ण बन्दै गएका अस्पताल सबै पक्ष सुधार गर्दै जाने, शिलान्यास गरेको आधुनिक भवन निर्माण भएपछि तत्कालै ५० शैयाको काम सुरु गर्ने ,अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् । जाजरकोट अस्पतालको आधुनिक भवन निर्माण ठेका भने क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँ लिएको छ ।

२०७९ पुस २५ निर्माण गर्ने सम्झौतामा गरिएको अध्यक्ष बस्नेत ले जानकारी गराई न ।

तपाइँको प्रतिक्रिया