पाँचताराद्वारा क्वारेन्टाइनमा रहेकालाई स्वास्थ्य सामग्री !

लाेकेन्द्र विश्वकर्मा

१६ आश्विन २०७७, शुक्रबार ०१:३७ मा प्रकाशित

लाेकेन्द्र विश्वकर्मा

  • 37
    Shares

जाजरकोट । भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन माध्यामिक विद्यालय को क्वारेन्टाइन रहेकालाई पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनद्वाराले स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

स्वास्थ्य सामग्री – क्वारेन्टाइनमा रहेका १९ जनालाई सरसफाई किट, जसमा थर्मामिटर १९ वटा,२६६ मास्क,२६६ ग्लाेबस,१९ वट स्यानिटाईजर, लगायत का स्वास्थ्य सामग्री वितरण गरेको पाँचतारा युवा संरक्षण मञ्च, जाजरकोट का कार्यकारी निर्देशक छवि पन्तले बताए ।

उनले भने, विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले सबैको जनजीवन प्रभावित बनाएको छ । यसबाट सुरक्षित रहन क्वारेन्टाइनमा बसेकाहरुलाई केहीदिन का भएपनि स्वास्थ्य सामग्रीले सघाउ पुर्याउने उनको भनाई रहेको छ ।

पाँचतारा युवा संरक्षण मञ्च यो भन्दा पहिला पनि गाउँपालिका , नगरपालिकामा रहेका क्वारेन्टाइन र आइसोलेशनमा ,स्वास्थ्य सामग्री वितरण गरेको थियो ।बिहीबारको वितरण कार्यक्रममा पाँचतारा युवा संरक्षण मञ्च जाजरकोटमा कार्यरत कर्मचारी, वुद्धीजिवी,भेरी नगरपालिका उपप्रमुख भावना भण्डारी , लगायत को उपस्थिती रहेको थियो ।

कोरोनालाई सजिलै प्रतिकारगर्न कर्मचारी, शिक्षक, विद्यार्थी, राजनीतिदल, समाजसेवी, बुद्धी जीवी, सबैले आ- आफ्नो स्थानबाट सहयोग गर्न आवश्यक रहेको छ युवा संरक्षण मञ्च को भनाई रहेको छ ।

तपाइँको प्रतिक्रिया