हात धुने उत्तम तरिका के हो ?

Avatar

१० आश्विन २०७७, शनिबार १९:०० मा प्रकाशित

मालिका खबर

  • 26
    Shares

भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन । हात धुने विस्तृत तरिका निम्न छ :

कदम १ 👉 बगिरहेको पानीमा हात भिजाउने,

कदम २ 👉 भिजेको हातमा मनग्गे साबुन लगाउने,

कदम ३ 👉 हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,

कदम ४ 👉 बगिरहेको पानीले राम्ररी हात पखाल्ने,

कदम ५ 👉 सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।

मैले कति समय सम्म हात धुनुपर्दछ?

तपाईंले कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय: रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्यांग रेशम फिरिरर दुईपटक गाउनु हो ।

स्यानिटाईजर प्रयोग गरेर हात सफा गर्दा पनि यहि तरिका अपनाउन सकिन्छ । कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमलाई कम्तिमा २० सेकेण्ड हातमा लगाएर मिच्नुहोस् ।

तपाइँको प्रतिक्रिया