“दलाल भयो सरकार”

Avatar

१० आश्विन २०७७, शनिबार १८:१० मा प्रकाशित

मालिका खबर

  • 149
    Shares

पहिलो

ए दलाल हरु हो अब यहाँ भुइचालो आउन सक्छ ,,

मेरो भन्दा तेरो पहिले नै जल्ने पालो आउन सक्छ,

दिनै पर्छ तलाई पनि एउटा बैसाकी किनेर उपहार ,

जीवन मा कतै उकालो कतै ओरालो आउन सक्छ,

यो देशको लागि सक्छस भने राम्रोकाम गरेर देखा,

जीवन मा कुनै दिन खुसिको संगालो आउन सक्छ

समारोहमा चप्पल जुत्ता खाएकै हौ याद छ कि नाइ ,

बिचार गर्नुस् गर्दनमा खुकुरी कोदालो आउन सक्छ,

अबको चुनावमा बिचार गरौ हामी नेपाली जनताहरु,

तब नेपाल आमाको मुहारमा उज्यालो आउन सक्छ ,

दोस्रो :

तपाईंको आमाले दिएको जिन्दगानी समाल्नुहोस् ,

तातो रगत ले मात्तिएको त्यो जवानी समाल्नुहोस्

कुनै दिन तपाईंको गर्धनमा पनि तरवार पर्न सक्छ,

अरुलाई गर्ने ब्यवहार अनि मनोमानी समाल्नुहोस्

यहाँ मित्र बन्छु भन्दै छुरा प्रहार गर्ने को कमि छैन ,

समयमा नै आफ्नो ब्यक्तिगत कहानी समाल्नुहोस् ,

वीर पुर्खाहरु ले बचाएको देशलाई सकाउनु भन्दा,

सक्नु हुन्छ भने यो देशको राजधानी समाल्नुहोस् ,

नेता ज्यु सबैको भविष्य राम्रो चाहानु हुन्छ भने,,

यो देशका सबै सिमानाहरु बेच्ने बानी समाल्नुहोस्

गजल लेखक : भाबुक रिदम बाबू →भेरी नगरपालिका ७ पुन्मा जाजरकोट

तपाइँको प्रतिक्रिया