गुन्द्री छैन,चकटी छैन

Avatar

१० आश्विन २०७७, शनिबार १७:२३ मा प्रकाशित

मालिका खबर

  • 93
    Shares

बुढी आमालाई बस्ने गुन्द्री छैन, यार चकटी छैन ।

एकहल गोरु रोगी बा, त्यो भन्दा अरु सम्पत्ति छैन ।

सरकार ! एकपटक आएर कर्णालीमा आखा लगाइदे,

सानो मोटर बाटो छैन, गाउँ घरमा बिजुलि बत्ति छैन ।

तिम्रो प्रहार बाट घाइते मुटु कहा लिएर उपचार गरौ,

मेरो गाउँमा बैध्य छैन, उता बजारमा ओखती छैन ।

यस कारण मैले राहादानी बोकेर मुग्लान हिडेको हु,

अक्सर मेरा प्रमाणहरुको स्वदेशमा, कुनै उपल्ब्धि छैन ।

गजल : पुस्कर पराग चन्दको भेरी नगरपालीका ५ छिप्रेना,जाजरकोट

तपाइँको प्रतिक्रिया