चिठी बोक्ने हुलाकी मर्यो

Avatar

८ आश्विन २०७७, बिहीबार १९:०८ मा प्रकाशित

मालिका खबर

  • 189
    Shares

देश रोएको देख्यो उ चिरेर आफ्नै छाती मर्यो ,

तिमिले सोच्यौ होला, पिएर एक सराबी मर्यो

तिम्रो मन भने फर्किएर, अझै आएन म तिर ,

बरु तिमिलाई चिठ्ठी बोक्दा बोक्दै हुलाकी मर्यो

मेरो मृत्यु पछि ककसले गाउलान मेरो गुणगान,

र ककसले भन्लान बल्ल आज एक पापी मर्यो

अब मन्दिर गएर के माग्छेउ नयाँ श्रीमानका लागि,

यता तिमीलाई कुर्दा कुर्दै आज एक बैरागी मर्यो

गजल लेखक : – झलक वली – नलगाड नगरपालिका – २, जाजरकोट । हाल भेरी नगरपालिका ३ खलंगा जाजरकोट ।

झलक वली

तपाइँको प्रतिक्रिया